४ असोज २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा शुरु भएको छ । तत्कालीन नेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरुको सहभागिता छ ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक पार्टी एकतापछि पहिलोपटक पेरिसडाँडामा बसेको हो । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान आइतबारको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
भदौ २६ गते सम्पन्न स्थायी कमिटीे बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, भारतसँगको सीमा विवाद, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो ।
