Notification

×

Iklan

Iklan

ज्ञानोदयले पायो १५ थान कुर्ची

Saturday, October 10, 2020 | October 10, 2020 WIB Last Updated 2021-12-30T03:26:17Z
बेनी
असोज २५


मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयले सहयोगस्वरुप १५ थान कुर्ची प्राप्त गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बालिनडाँडा घर भई जापानमा कार्यरत अश्विन भण्डारीले उक्त सहयोग गरेका हुन् ।


शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच भण्डारीका आमाबुबा विष्णु भण्डारी र लेठबहादुर भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्मा र प्रधानाध्यापक परशुराम गौडेललाई सामग्री  हस्तान्तरण गरे।



विद्यालयका प्रअ गौडेलका अनुसार भण्डारी परिवारले विद्यालयलाई १७ हजार ४ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो ।



सहयोग हस्तान्तरण कार्यक्रममा रघुगंगा–३ का वडा सदस्य प्रेमनाथ शर्मा, विद्यालयका पूर्व अध्यक्ष अर्जुन सुवेदीलगायतले सहयोगदातालाई सम्मान गरेका थिए ।
×
Berita Terbaru Update