बेनी
कात्तिक २
सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालले आँखाको उपचार सेवा शुरू गरेको छ । उपचारका लागि आउने सर्वसाधारणलाई लक्षित गरी अस्पतालले आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा शुरु गरेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सरकारको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको जानकारी दिए । “विस्तारै अत्याधुनिक उपकरणहरु थप्दै जाने योजना छ । दशैंपछि आँखा उपचारको सेवा विस्तार हुन्छ ।” अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरसँग समन्वय गरी अघि बढिने पनि अस्पतालले बताएको छ ।
नेपाल नेत्रज्योति संघ, म्याग्दीले पनि बेनीबाट आँखा उपचारको सुविधा प्रदान गर्दैै आएको छ ।