Notification

×

Iklan

Iklan

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार दुई जनालाई

Wednesday, October 7, 2020 | October 07, 2020 WIB Last Updated 2021-12-30T03:26:20Z

 बेनी 

असोज २१


रसायनशास्त्र तर्फको यस वर्षको नोबेल पुरस्कारबाट दुईजना वैज्ञानिक सम्मानित हुने भएका छन्। रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले इम्मानुएल चारपेन्टियर र जेन्निफर ए डउडनालाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।



‘जीनोम इडिटिङ’को विधि विकासमा महत्वपूर्ण योगदान गरेबापत उनीहरुलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको बताइएको छ ।


यसअघि मङ्गलबार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार रोजर पेनरोज, रेनहार्ड गेन्जेल र एन्ड्रेया घेजलाई संयुक्त रुपमा दिने निर्णय गरिएको थियो ।


पेनरोजलाई ब्ल्याक होल र सापेक्षवाद सिद्धान्तबीचको सम्बन्ध पत्ता लगाउन खेलेको भूमिकाको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो । गेन्जेल र घेजलाई भने ग्यालेक्सीबारे मा अध्ययन गर्दै यसको बीचमा ‘सुपरम्यसिभ कम्पयाक्ट अब्जेक्ट’ खोजी गरेकोमा पुरस्कृत गरिएको हो ।


×
Berita Terbaru Update