Notification

×

Iklan

Iklan

मोदीलाई प्रधानमन्त्रीको सन्देशः “सीमा समस्या वार्ताबाट समाधान गरौँ”

Thursday, November 26, 2020 | November 26, 2020 WIB Last Updated 2021-12-30T03:25:12Z

 बेनी

मङ्सिर १२


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सीमालगायतका द्विपक्षीय समस्याका विषयलाई वार्ताकै माध्यमबाट समाधान गर्न खोजेको बताएका छन् । शिष्टाचार भेटका लागि बिहीबार साँझ बालुवाटार पुगेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले उक्त सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुर्याइदिन आग्रह गरे ।




भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।


दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आउँदो दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको डा भट्टराईले बताए। 


भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भने, “हामी दुई देशबीचको आपसी  र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ ।” सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्णरुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा आफूहरु स्पष्ट भएको प्रधानमन्त्री ओलीले बताएका थिए । नेपाल र भारतबीच पछिल्लो समय देखिएका सीमा विवादलगायतमा समस्या इतिहासदेखि थुप्रिएका विषय भएको बताउँदै प्रधानमन्त्री ओलीले दुबै देशमा अहिले अनुकूल वातावरण भएकोले समस्या थाती राख्न नहुने धारणा राखेका थिए । 


सचिव हर्षवर्धनसँगको भेटमा आपसी विवादका विषय समाधान भएपछि  सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए ।


भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरिसकेको छ ।


प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा बोल्दै सचिव श्रृङ्गलाले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणाममूलक बनाउन पहल गर्ने विश्वास दिलाएको बताइएको छ  । 


×
Berita Terbaru Update