Notification

×

Iklan

Iklan

बाल दिवसका अवसरमा पुस्तक सहयोग

Friday, November 20, 2020 | November 20, 2020 WIB Last Updated 2021-12-30T03:25:20Z

 बेनी 

मङ्सिर ५


३१औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर बालबालिकालाई पुस्तक सहयोग गरिएको छ । नेपाल युवा परिषद, बेनी नगरपालिका–१० पात्लेखेत च्याप्टरले म्याग्दी बालगृह, बेनीमा रहेका बालबालिकाका लागि १५ हजार रुपैयाँबराबरका पुस्तक सहयोग गरेको हो । 




शुक्रबार बालगृह, बेनीमा आयोजित कार्यक्रममा बाल सङ्गठन, म्याग्दीका सभापति राजेश शाक्यलाई युवा परिषद पात्लेखेत च्याप्टरका अध्यक्ष सबनम मल्लले पुस्तकहरु हस्तान्तरण गरिन् ।




पात्लेखेतबासीको सहयोगमा बालबालिकाका लागि उपयोगी हुने विभिन्न ज्ञानमुलक पुस्तकहरु सहयोग गरेको मल्लले जानकारी दिएकी छिन् । 




कार्यक्रममा बाल सङ्गठनका सभापति शाक्यले सबैको साथ र सहयोगबाट बालगृहलाई व्यवस्थित बनाउन सकिने बताउँदै शैक्षिक सामग्री सहयोग गरेकोमा परिषदप्रति आभार प्रकट गरे ।


म्याग्दी बालगृहमा अहिले १३ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।


×
Berita Terbaru Update