Notification

×

Iklan

Iklan

भारतीय विदेश सचिव हर्षवर्द्धन आज नेपाल आउँदै

Wednesday, November 25, 2020 | November 25, 2020 WIB Last Updated 2021-12-30T03:25:15Z

 बेनी 

मङ्सिर ११



भारतका विदेश सचिव हर्षवर्द्धन शृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनी विशेष विमान मार्फत काठमाडौँ आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयस्रोतले जानकारी दिएको छ ।




परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । विगतका उच्चस्तरीय भ्रमणको निरन्तरताकै रुपमा हर्षवद्र्धनको भ्रमण हुन लागेको बताइएको छ  ।


भारतीय विदेश सचिव हर्षवद्र्धन दुई दिन नेपालमा रहने छन् । भ्रमणको पहिलो दिन बिहीबार दुई देशका सचिवबिच द्विपक्षीय वार्ता हुनेछ । यस्तै सहयोगका विविध क्षेत्रबारे छलफल हुने कार्यक्रम छ ।


नेपाल र भारतबिच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा वार्ताको शृङ्खला शुरु भएको संकेतका रुपमा हर्षवद्र्धनको भ्रमणलाई लिन सकिने विश्लेषण गरिएको छ ।


लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादपछि कूटनीतिक तहमा औपचारिक भेट तथा छलफल हुन लागेको हो ।


भारतीय विदेशसचिवले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने तयारी छ ।


उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग पनि भेट गर्ने छन् । उनी शुक्रबार भारत फर्किने छन् ।



×
Berita Terbaru Update