Notification

×

Iklan

Iklan

म्याग्दीमा थप १० जना संक्रमित

Saturday, November 14, 2020 | November 14, 2020 WIB Last Updated 2021-12-30T03:25:33Z

 बेनी

कात्तिक २९


म्याग्दीमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका र शंकास्पद लक्षण देखिएका ७० जनाको नमुना सङ्कलन गरी पोखरा पठाइएको थियो । यही कात्तिक २५ र २६ गते शङ्कास्पद सबैको नमुना संकलन भएको थियो ।




जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएकाहरुमा बेनी नगरपालिका–७, ठेगाना भएका वर्ष १८ र २६ का दुई जना पुरुष, वर्ष २६ र ५५ का दुई जना महिला रहेका छन । त्यसैगरी बेनपा–८ का वर्ष २५, ६७ र ७५ का तीन जना पुरुष, एवं वर्ष ३० र ५८ का दुई जना महिलामा भइरसको संक्रमण पुष्टि भएको छ । 


त्यसैगरी अन्नपूर्ण गाउँपालिका–४ स्थायी ठेगाना भई सोही गाउँपालिकामा कार्यरत वर्ष २८ का १ जना महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका पमुख एकनारायण लम्सालले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको, बेनपा–८ का ७५ वर्षीय पुरुषले पोखरामा उपचार गराइरहेको र अन्य संक्रमितहरु स्थानीय आइसोलेशन तथा होम आइसोलेशनमा रहेको जानकारी दिएका छन ।


म्याग्दी जिल्लाबाट नमुना संकलन गरी पिसिआरको लागि पठाइएको मध्ये १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित ८० जना निको भएर घर गइसकेको स्वास्थ्य कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।


जिल्ला बाहिर गई संक्रमण पुष्टि भएका जम्मा ११ जनाको औपचारिक तथा ७ जनाको अनौपचारिक जानाकारी प्राप्त भएको पनि स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


×
Berita Terbaru Update