Notification

×

Iklan

Iklan

सङ्क्रमणमुक्त भए मनोज गजुरेल

Saturday, November 14, 2020 | November 14, 2020 WIB Last Updated 2021-12-30T03:25:26Z

 बेनी

कात्तिक ३०


हास्य कलाकार मनोज गजुरेल कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।




११ दिनको अस्पताल बसाइपछि घर फर्किएर आराम गरिरहेको गजुरेल आफैले जानकारी दिएका छन् ।


‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने छु’, उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।


उनले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा अस्पताल परिवार र स्वास्थ्यलाभको कामना गर्ने आफन्त र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।


‘अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ (सशस्त्र प्रहरी बल) अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमनदेखि नै धन्यवाद’, गजुरेलले भनेका छन्, ‘सकेसम्म यो महामारीबाट आफू जोगिऔं र अरुलाई पनि जोगाऔं । दीपावलीको सबैलाई शुभकामना ।’



×
Berita Terbaru Update