Notification

×

Iklan

Iklan

प्रतिनिधि सभा विघटन विरुद्ध बेनीमा राँके जुलुस

Friday, December 25, 2020 | December 25, 2020 WIB Last Updated 2021-12-30T03:24:45Z

 बेनी

पुस १०



प्रतिनिधि सभा विघटनविरुद्ध बेनीमा राँकेजुलुस प्रदर्शन भएको छ । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल समूहका यूवा तथा विद्यार्थीहरुले शुक्रबार साँझ राँकेजुलुससहित प्रदर्शन गरेका हुन् । 





सदरमुकाम बेनीको न्यूरोडबाट निकालेको राँके जुलुले बजार परिक्रमा गर्दै हुलाक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 


हुलाक चोकमा आयोजित कोणसभामा सम्बोधन गर्दै राष्ट्रिय यूवा संघका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगामी काम गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले जनमतको उपहास गरेको बताउँदै विश्वकर्माले त्यसको विरुद्ध यूवा र विद्यार्थीहरु सडकमा आएको विचार व्यक्त गरेका छन् ।


कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय यूवा संघ, म्याग्दीका जिल्ला सहसंयोजक सन्दीप खत्री र अनेरास्ववियूका सहसंयोजक रेशम कटुवालले प्रतिनिधि सभा विघटन गरिएको विरोधमा आगामी दिनमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


जुलुसमा नेकपाको प्रचण्ड–माधव नेपाल समूहका जिल्लास्तरीय नेताहरु पनि सहभागी थिए ।


राँकेजुलुसको तयारी हुँदै गर्दा प्रहरीले रोक्ने प्रयास गरेको भए पनि यूवा विद्यार्थीले प्रदर्शन गरिछाडेका छन् ।


सत्तारुढ दल नेकपाको विवाद र विभाजनपछिको अवस्थालाई मध्यनजर गर्दै प्रहरी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले मातहतका निकायलाई यसअघि नै निर्देशन दिएको थियो ।



×
Berita Terbaru Update