Notification

×

Iklan

Iklan

ओली पक्षको नेकपाले ०७८ मंसिरमा महाधिवेशन गर्ने

Tuesday, December 22, 2020 | December 22, 2020 WIB Last Updated 2021-12-30T03:24:47Z

बेनी 

पुस ७


नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

 



बालुवाटारमा जारी बैठकले अध्यक्ष ओलीको प्रस्तावलाई अनुमोदन गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।


आजकै बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ ।


त्यस्तै ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।



×
Berita Terbaru Update