Notification

×

Iklan

Iklan

कोरोना भ्याक्सिनसहित रुसी टोली नेपाल आउँदै

Friday, December 4, 2020 | December 04, 2020 WIB Last Updated 2021-12-30T03:25:04Z

 बेनी

मङ्सिर १९


कोरोना कहरबीच नागरिकमा खुशी सञ्चार गराउने एउटा विवरण प्राप्त भएको छ । कोरोना भाइरसविरुद्ध भ्याक्सिनको विकास गरिरहेको रुसले नमुना खोपसहित अर्को साता नेपालमा उच्चस्तरीय टोली पठाउने  समाचारले यस्तो खुशी सञ्चार गरेको हो । 




रुसले अर्को सातादेखि आफ्ना देशका नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा यसअघि नै गरिसकेको छ । सर्वसाधारण नागरिकलाई खोप उपलब्ध गराउने चरण शुरु भएसँगै रुसले विश्वबजारमा त्यसको मार्केटिङ शुरु गरेको हो । 


रसियाले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय रुसी प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो ।


यसबारे नेपालस्थित रसियाली दूतावासका उच्च अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेट गरी सो जानकारी गराइसकेको बताइन्छ ।


उनीहरुले अर्को साता आउने टोलीले ‘स्पुतनिक भी’ को ५ हजार नमुना लिएर आउने भन्दै त्यसको भण्डारण व्यवस्थापन गरिदिन आग्रहसमेत गरेका छन् ।


“डिसेम्बर ९ मा रुसबाट उच्चस्तरीय टोली आउँदै छ । आफूले तयार गरेको खोपको पाँच हजार थान स्याम्पलसमेत लिएर आउने जानकारी प्राप्त भएको छ,” स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्कीले भने, “उहाँहरुले पनि आफ्नो देशमा उत्पादन भएको खोपबारे हामीलाई जानकारी दिनुहुनेछ ।”


रसियन टोलीले आफूले उत्पादन गरेको खोप प्रयोगको अवस्था, यसको भण्डारणका विषयमा जानकारी गराइसकेका छन् । उनीहरुले मन्त्रालयका अधिकारीहरुलाई यो खोप दुईदेखि ८ डिग्री तापक्रम र माइनस १८ डिग्री तापक्रममा राख्न मिल्नेगरी तयार पारिएको जानकारी गराएको पनि सल्लाहकार कार्कीले जानकारी दिए ।


नेपालमा अहिले २ देखि ८ डिग्री तापक्रममा रहने खोपको भण्डारण गर्ने क्षमता छ  पछिल्लो समय बेलायत, रसिया, क्यानडालगायत देशले खोप ल्याउने प्रतिस्पर्धा शुरु गरिसकेका छन् ।



×
Berita Terbaru Update