Notification

×

Iklan

Iklan

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली भोलि नेपाल आउँदै

Saturday, December 26, 2020 | December 26, 2020 WIB Last Updated 2021-12-30T03:24:44Z

 बेनी

पुस ११



चिनियाँ कम्युनिष्ट पार्टीको चार सदस्यीय उच्चस्तरीय टोली भोलि नेपाल आउने भएको छ । नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको बाटोमा लागेका बेला उत्तरी छिमेकी चीनको टोली नेपाल आउन लागेको हो ।




भारतीय दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपतिको आदेशमा चार सदस्यीय कम्युनिष्ट नेताहरुको टोली काठमाडौँ आउन लागेको बताए पनि यसको पुष्टि भएको छैन ।


चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउन लागेको बताइएको छ ।


नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेकपाको दुबै खेमाका उच्च तहका नेताहरुसँग भेटेर चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटका लागि समय मिलाइसकेको बताइन्छ ।


नेपालमा सत्तारुढ दल विभाजन उन्मुख हुँदा खासगरी भारतीय पत्रिका र केही अमेरिकी पत्रिकामा समेत ‘चीनले सेटब्याक खाएको’ भन्ने आशयका सामग्री आएका थिए । 


नेपालमा दुईतिहाई मतसहितको कम्युनिष्ट पार्टीको बलियो सरकार रहेका बेला गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालको राजकीय भ्रमण गरेका थिए ।


स्रोतका अनुसार उच्चस्तरीय टोलीले नेपालमा चार दिन बिताउनेछ ।



×
Berita Terbaru Update