Notification

×

Iklan

Iklan

लोक सेवा आयोगले माग्यो ३६० अधिकृत

Tuesday, December 8, 2020 | December 08, 2020 WIB Last Updated 2021-12-30T03:24:59Z

 बेनी

मङ्सिर २४



सरकारी कार्यालयमा आवश्यक पर्ने विभिन्न सेवाका लागि लोक सेवा आयोगले ३६० जना अधिकृतको दरखास्त मागेको छ । बुधबार गोरखापत्रमा एक विज्ञापन प्रकाशन गरी आयोगले सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो ।




आयोगले प्रकाशन गरेको विज्ञपान अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलामा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपाङ्ग र पिछडिएको क्षेत्रका लागि दुई/दुई जनाका लागि विज्ञपान गरेको छ ।


त्यस्तै खुलातर्फ सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ र परराष्ट्र सेवाका लागि एकजना अधिकृत मागेको छ ।


महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा २ जना माग गरेको आयोगले जनाएको छ । त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना उम्मेद्वार माग गरेको छ ।


मधेसी कोटामा प्रशासनमा ८, लेखा ६, राजश्व ८, लेखापरीक्षण २ र परराष्ट्रमा एकजना अधिकृत मागिएको छ । आयोगले दलित कोटामा सामान्य प्रशासनमा तीन, लेखामा दुई, राजश्वमा दुई, लेखापरीक्षणमा एक त्यस्तै अपाङ्गता भएकाका लागि प्रशासनमा दुई, लेखामा दुई, राजश्वमा दुईजना र लेखापरीक्षणमा एक जना माग गरेको छ ।


सूचनामामा पिछडिएको क्षेत्रका लागि प्रशासनमा दुई, लेखामा एक र राजश्वमा दुईजना माग गरिएको छ ।


उल्लेखित सबै पदका लागि फारम भर्ने म्याद पुस १४ गतेसम्म र दोब्बदर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ । 


आवेदन दस्तुर एक हजार रुपैयाँ निर्धारण गरिएको छ भने एकभन्दा बढी समूहमा आवेदन दिनेले थप चारसय रुपैयाँ बुझाउनुपर्ने छ ।


सबै सेवाका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

यसबारे थप जानकारी पाउन  www.psc.gov.np मा लगइन गरी हेर्न सकिन्छ ।



×
Berita Terbaru Update