बेनी
पुस ६
नेकपाको केन्द्रमा विभाजनको बिउ रोपिएको छ । तर, पूर्वी जिल्ला धनकुटाका नेकपा नेताहरुले भने केन्द्रमा जे जस्तो अवस्था आए पनि जिल्लामा एकढिक्का रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा जिल्ला अध्यक्ष एवंम् विघटित प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले सोमबार पत्रकार सम्मेलन गर्दै केन्द्रको झगडा आफूहरुको नियन्त्रणको विषय नभएको भन्दै जिल्लामा कत्ति पनि विचलित नभई एक ढिक्का हुने बताए ।
‘केन्द्रको जिम्मा लिने कुरा भएन तर, जिल्लामा पार्टी एक भएर लग्ने हो,’ राईले भनेका छन् ‘पार्टी एक हुनलाई हामी जस्तोसुकै कदम चाल्न चाहन्छौँ ।’
उनले कसले सही र गलत ग¥यो भन्ने पक्षमा नभएको भन्दै जिल्लामा एक भएर सम्पुर्ण पार्टी पंक्तिका कार्याकर्तालाई नआत्तिन आग्रह गरे । पत्रकार सम्मेलनमा पूर्वएमाले तर्फबाट प्रदेश सभा सदस्य निरन राईको उपस्थिति रहेको थियो ।
पूर्वमाओवादीतर्फबाट नेकपा प्रदेश कमिटी सदस्य उज्ज्वल किराती र जिल्ला कमिटीका सदस्यहरु नेत्र भण्डारी र कविता कन्दङ्ंवा लगायतका नेताहरुको उपस्थिति थियो ।
धनकुटामा तत्कालीन एमालेले स्थानीय निर्वाचनमा सबै स्थानीय तहमा क्लीन स्वीप गरेको थियो ।