Notification

×

Iklan

Iklan

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

Friday, January 1, 2021 | January 01, 2021 WIB Last Updated 2021-12-30T03:24:38Z

 बेनी

पुस १७



निर्वाचन आयोगले मतदाता नामावाली अद्यावधिक गर्ने भएको छ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म नामावली अद्यावधिक गर्न लागिएको हो । मतदाता नामावली अद्यावधिक गर्न स्थानीय तहको केन्द्रमा कार्यक्रम सञ्चालन हुने पनि आयोगले जानकारी गराएको छ ।



निर्वाचन आयोगका अनुसार यही पुस ५ गते १८ वर्ष उमेर पुगेका व्यक्तिहरुको मात्र मतदाता नामावलीमा नाम समावेश गरी अद्यावधिक गरिने छ । आगामी वैशाख १७ गते पहिलो र २७ गते  दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छ ।


मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि  निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने प्रावधान छ । सो व्यवस्थानुरुप पुस ६ गतेदेखि मतदाता नामावली दर्ता स्थगन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।


मतदाता नामावलीमा नाम दर्ता भई पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र आगामी निर्वाचनमा मतदाता हुन सक्ने छन् । आयोगले उक्त कार्यक्रम सञ्चालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन पनि आयोगले सबैलाई अनुरोध गरेको छ ।


झुटो विवरण दिई कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्ध उजुरी दिन पनि आयोगले सम्पूर्ण मतदातासँग अनुरोध गरेको छ । आयोगले सबै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकार पक्षलाई मतदाता नामावली अद्यावधिक कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।


राससको सहयोगमा



×
Berita Terbaru Update