बेनी
माघ ९
नेपाल विद्युत् प्राधिकरण, म्याग्दी वितरण केन्द्रले भाेलिदेखि पर्वतको मिलनचाेकबाट म्याग्दीको डम्मरासम्म उच्च गतिको विद्युत् प्रसारण लाइनको परीक्षण गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै केन्द्रले बिजुलीको पाेलछेउ नजान सर्वसाधारण नागरिकलाई अाग्रह गरेको हाे ।
जलजला-४, मिलनचाेमा ३३/११ के.भि. क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएसँगै केन्द्रले उक्त क्षेत्रकाे हाइटेन्सन लाइन चार्ज गर्न लागेको हाे ।
"मिलनचाेकदेखि लामाखेत, कारागार, हाँडेभिर हुँदै डम्मरासम्म निर्माण सम्पन्न भएको हाइटेन्सन लाइनमा ११००० भाेल्टेजकाे विद्युत् प्रसारण गरिने हुँदा," सूचनामा भनिएको छ, "त्यसैले उल्लेखित क्षेत्रमा पाेल, तार लगायतका संरचना नजिक नजानुहुन/नछुनुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ ।"
केन्द्रकाे सूचना र अनुराेधलाई बेवास्ता गर्दा कुनै अप्रिय घटना घटेमा कार्यालय जवाफदेही नहुने चेतावनी पनि उक्त सूचनामा दिइएको छ ।