Notification

×

Iklan

Iklan

जनताको बीचमा जानु असंवैधानिक कदम होइनः पूर्वमन्त्री थापा

Friday, January 29, 2021 | January 29, 2021 WIB Last Updated 2021-12-30T03:24:15Z

बेनी

माघ १६




ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्व मन्त्री थममाया थापाले जनताको बीचमा जानु असंवैधानिक कदम नभएको बताएकी छिन् । अखिल नेपाल महिला संघ, म्याग्दीको जिल्लास्तरीय भेलालाई शुक्रबार बेनीमा सम्बोधन गर्दै थापाले उक्त विचार व्यक्त गरेकी हुन् ।


“संसदले चुनेको प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन खोजेपछि,” जिल्ला समन्वय समितिको सभाहलमा आयोजित भेलामा पूर्वमन्त्री थापाले भनिन्, “प्रधानमन्त्रीले बाध्य भएर निर्वाचनको घोषणा गर्नुपरेको हो ।” लोकतन्त्रमा जनमतको परीक्षण गर्नु असंवैधानिक कदम नहुने थापाको तर्क थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचनमा दुई तिहाई मत ल्याए पनि पार्टीभित्रैबाट सरकार ढाल्ने खेल भएपछि प्रतिनिधि सभा विघटन भएको थापाको जिकिर थियो । 




प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले भारतले लगाएको नाकाबन्दीको सामना गरेको, चीनसँग पारवहन सन्धी सम्झौता गरी अन्तर्राष्ट्रिय व्यापार नाका खोलेको, कालापानी र लिम्पियाधुरालगायत अतिक्रमित जमिन समेटेर नक्सा प्रकाशन गरेकाले प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गरिएको उनको भनाइ थियो ।


भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य नवराज शर्माले वर्तमान अवस्थामा कार्यकर्ताहरु अन्यौलमा नबसी जनताको बीचमा जानुपर्ने बताए । अघिल्ला सरकारहरुका तुलनामा ओली नेतृत्वको सरकारले राम्रा काम गरेको दावी गर्दै शर्माले त्यही कुरा सुनाउन पनि जनताको बीचमा जान आवश्यक भएको बताएका थिए ।


नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले नेपाल अहिलेसम्म भारतको सामान बिक्री गर्ने थलो रहे पनि चीनसँगको नाका खुलेसँगै अन्तर्राष्ट्रिय व्यापारका दृष्टिले स्वतन्त्र भएको विचार व्यक्त गरेकी थिइन् ।


नेकपा केन्द्रीय सदस्य एवं म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले संसद विघटनप्रति नेपाली कांग्रेसले बाहिर विरोध गरे पनि भित्रभित्रै चुनावी तयारी गरिरहेको बताउँदै तत्कालीन राजा ज्ञानेन्द्रसँग वर्तमान प्रधानमन्त्रीलाई जोड्नु न्यायसङ्गत नहुने तर्क गरेका थिए ।


भेलाको अध्यक्षता अनेमसंघ म्याग्दीका अध्यक्ष थमसरा पुनले गरेकी थिइन् ।


×
Berita Terbaru Update