बेनी
पुस १९
नेपालको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबारको पहिलो दिन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार भएको कारोबारमा ८८ दशमलव १२ अङ्कले बढेको छ । ४ दशमलव २२ प्रतिशतले बढेको हो । यससँगै नेप्से २,१७५ दशमलव ४० विन्दुमा पुगेर रोकिएको छ ।
नेप्से कारोबारको पहिलो २ घण्टामा ५३ दशमलव ७५ अङ्कले वृद्धि भएको थियो । आज भएको १४ करोड २६ लाख ८८६ कित्ताको कारोबारमा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

