Notification

×

Iklan

Iklan

वायु प्रदूषण बढेपछि देशभरका विद्यालय बन्द

Monday, March 29, 2021 | March 29, 2021 WIB Last Updated 2021-12-30T03:23:23Z

 बेनी

चैत १६




वायु प्रदूषण बढ्दै गएपछि सरकारले देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । 


मन्त्रालयको निर्णयअनुसार भोलि (मङ्गलबार) देखि शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द हुनेछन् ।


पछिल्ला दिनमा बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्य जोखिमलाई ध्यान दिँदै विद्यालय बन्दको निर्णय  गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । “लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको हो”, बैठकमा उनले भनेका थिए ।




शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरी लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल बैठकमा उपस्थित थिए । 



अतिआवश्यक नपरी ननिस्कनू 

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँगै वायू प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सबैलाई अनुरोध गरेको छ । वायू प्रदूषणले स्वास्थ्यमा विविध स्वास्थ्य समस्या देखापर्न सक्ने भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न र शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आह्वान गरेको छ ।

 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायू प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने सम्भावना रहेको जानकारी दिए । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बढेको छ ।  साथै दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समस्या हुन सक्ने अधिकारी बताएका छन् ।

 

प्रदूषणबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै उनले भने, “प्रदूषित वातारण थप बढ्न नदिन जिम्मेवार निकाय र व्यक्तिले गर्नुपर्ने भूमिका महत्वपूर्ण छ । यस्तो बेला अनावश्यक गाडी प्रयोग नगर्ने, वैकल्पिक ऊर्जाको प्रयोग बढाउने, प्रदूषण कम हुने अन्य वैकल्पिक उपाय अपनाउने, विकास निर्माणका काममा धुलो कम हुने उपाय अवलम्बन गर्ने । त्यसो गर्ने सके बस्न योग्य वातावरण हुनेछ ।”



×
Berita Terbaru Update