Notification

×

Iklan

Iklan

जोमसोममा एक वर्षपछि जहाज पुग्यो

Saturday, March 6, 2021 | March 06, 2021 WIB Last Updated 2021-12-30T03:23:39Z

बेनी

फागुन २३




कोरोना महामारीको सन्त्रासका कारण गरिएको बन्दाबन्दी (लकडाउन) का कारण रोकिएको पोखरा–जोमसोम हवाई सेवा शनिबारदेखि पुनः शुरु भएको छ । चैत ११ गतेदेखि रोकिएको हवाइ सेवा शनिबार समिट एअरले गरेको २ उडानसँगै पुनः सञ्चालनमा आएको हो ।


उक्त एअरबाट शनिबार ५४ जना भारतीय पर्यटक जोमसोम पुगेका थिए । पोखरादेखि पर्यटक लिएर समिट एयरलाइन्सको विमान जोमसोम पुगेको थियो ।




समिटले तीन उडान भर्ने भनिए पनि मौसम खराबीले २ उडानमात्रै भएको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रिमुख दीपक विश्वकर्माले जानकारी दिएका छन् ।


आइतबार पनि तारा एअरका २ र समिटको एउटा उडान समयतालिका भएको विश्वकर्माले जानकारी दिए । “यो नियमित उडान त होइन । चार्टेड उडान हो । तर, पनि अब विस्तारै नियमित उडान पनि सुरु हुन्छ,” उनले भने ।


सरकारले असोज १ गतेबाट आन्तरिक उडान खुला गरे पनि जोमसोम एअरपोर्ट शुरु हुन सकेको थिएन । पोखरा एअरपोर्ट प्रमुख विक्रम गौतमका अनुसार पोखरा–जोमसोम उडान चाँडै नै नियमित हुनेछ ।

 

×
Berita Terbaru Update