Notification

×

Iklan

Iklan

सहमतिमा प्रतिबद्ध छौंः महासचिव विप्लव

Friday, March 5, 2021 | March 05, 2021 WIB Last Updated 2021-12-30T03:23:41Z

बेनी

फागुन २१





विद्रोही समूहको नेतृत्व गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । सरकारसँग तीन बुँदे सहमतिपछि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा बोल्दै विप्लवले यस्तो प्रतिबद्धता जनाएका हुन् । 


विप्लवको शान्तिपूर्ण राजनीतिमा आउने कुरा साधन हो कि साध्य भन्नेहरुलाई जवाफ दिँदै उनले भने,“ हामी यसलाई दृढतापूर्वक पालना गर्छौं । यहाँ कसैले पनि कोही माथि पनि आशङ्का या विभिन्न ढङ्गले उत्तेजना र अर्को ढङ्गले कूतर्क गर्न जरुरी छैन ।”


कम्युनिष्टहरु विद्रोग गर्नेमात्र नभई शान्तिदूत पनि भएको विचार व्यक्त गर्दै महासचिव विप्लवले भने, “तर, ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने अझै कायम छ ।” आफ्नो मन्तव्यका क्रममा नेता चन्दले वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको मागसमेत राखेका थिए ।


अहिलेको व्यवस्थाप्रति असहमत भएरै विद्रोहमा गएको स्मरण गर्दै महासचिव विप्लवले सरकारसँग सहमतिमा आएपछि भने परिस्थिति बदलिएको सङ्केत गरेका छन् ।




सरकारसँग भएको सहमति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरे । “आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौं”, उनले भने ।


राष्ट्रिय सभामा आयोजित समारोहअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँगभेट गरेका नेता विप्लवले यसबीचमा आफ्नो पार्टीका नेतासँग संक्षिप्त बैठकसमेत गरेका थिए । 





×
Berita Terbaru Update