Notification

×

Iklan

Iklan

बेनीमा प्रहरी चेकपोष्ट र ट्राफिक प्रहरी पोष्टको उद्घाटन

Saturday, April 10, 2021 | April 10, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

चैत २८




म्याग्दीको सदरमुकाम बेनीबजारस्थित हाँडेभीर तथा सामुदायिक चोकमा नवनिर्मित प्रहरी चेक पोष्ट र ट्राफिक प्रहरी पोष्टको उद्घाटन भएको छ । बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीसँगको समन्वयमा निर्मित पोष्टको शुक्रबार उद्घाटन गरिएको हो । 


दुईवटै चेक पोष्टको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनीबजारमा ट्राफिक व्यवस्थापन गर्न नगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी दिएका छन् । 



सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले ट्राफिक प्रहरी पोष्ट र प्रहरी चेक पोष्टले जिल्लाको पश्चिम तथा उत्तरी क्षेत्रको आवतजावतमा सहयोग पुग्ने अपेक्षा सुनाएका थिए ।


कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्णु गुरुङ, नेपाल पत्रकार महासंघ म्याग्दीका नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल, म्याग्दी यातायात कम्पनीका सञ्चालक लालबहादुर थापा र बेनपा–७, बेनीका वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । 


×
Berita Terbaru Update