Notification

×

Iklan

Iklan

भक्त कार्कीका केही हाइकु

Friday, June 25, 2021 | June 25, 2021 WIB Last Updated 2021-12-30T03:23:02Z

बेनी

असार १२

फाइल तस्वीर


कुरा फुत्कियो

जिब्रो लर्बरिएर 

फरेप थाप्न ।


कालको मुख

फुत्किएको त्यो क्षण 

विजयी मन ।


प्रकाश छर्दै 

जलेर सधैं आफू

बिचरो गुरु ।


भुट्टोहरु त

हज्जारौं  जन्मिदिन्छन्

रक्तबी भै ।


झुटको खेती

भजन मरिमेटी

खल्तीमा भेटी ।


आआफ्नै डम्फु

नागरिक सर्वोच्च

आआफ्नै ताल


माटाको माया

सालनाल गाडेको मेरै करेसो ।

(म्याग्दीः स्रष्टा र सृष्टिबाट)

×
Berita Terbaru Update