Notification

×

Iklan

Iklan

भुटानले नेपाललाई कोरोना खोप सहयोग गर्ने

Saturday, July 31, 2021 | July 31, 2021 WIB Last Updated 2021-12-30T03:22:45Z

बेनी

साउन १७



कोरोना भाइरसविरुद्ध लगाउन भुटानले नेपाललाई अस्ट्राजेनेका कम्पनीका ३ लाख डोज खोप सहयोग गर्ने भएको छ । आफ्ना नागरिकलाई लगाइसकेर बाँकी रहेका खोप भुटानले नेपाललाई दिने भएको हो । 



ती खोप चाँडै ल्याउनेगरी कूटनीतिक पहल भइरहेको सरकारी स्रोतले जनाएको छ । यस विषयमा गत शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि छलफल भएको थियो । 


कोभ्याक्सअन्तर्गत अमेरिकाले ५ लाख डोज मोडेर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका कम्पनीका खोप उपलब्ध गराएको भुटानमा क्रोएसिया, बुल्गेरियालगायत अन्य देशले पनि अस्ट्राजेनेकाकै १ लाख र  सिनोफार्मका ५० हजार डोज खोप ल्याइएका थिए । 


७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा खोप बाँकी रहने देखिएपछि नेपाललाई अस्ट्राजेनेका कम्पनीका खोप सहयोग गर्न लागेको हो ।


×
Berita Terbaru Update