Notification

×

Iklan

Iklan

कालीगण्डकी नदी दोहनमा प्रयोग भएको डोजर र ट्याक्टर प्रहरी नियन्त्रणमा

Wednesday, July 28, 2021 | July 28, 2021 WIB Last Updated 2022-07-30T07:39:31Z

बेनी

साउन १३



कालीगण्डकीबाट अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने डोजर (एक्स्काभेटर) र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज कालीगण्डकीको स्थलगत अनुगमन गर्ने क्रममा म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको नदी किनारबाट एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिइएको हो ।   


सुरक्षा निकायले अनुगमनका क्रममा अवैध रूपमा नदी दोहन गर्ने काममा प्रयोग भएको एउटा एक्स्काभेटर र ध १ त ५८० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।


कालीगण्डकी नदी दोहन गरेको र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएकाले एक्स्काभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले बताए ।


कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्व भएकाले स्थानान्तरण गर्ने, रिजभ्र्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालग्रामको चोरी, निकासी तथा पर्यावरण प्रतिकूल हुने गरी कार्य नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएको छ । 


यस्तो अवस्थामा आउँदा दिनमा निगरानी बढाइ अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी, निकासीलाई थप कडाइका साथ कार्यान्वयन गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक गुरुङले जानकारी दिएका छन् ।


×
Berita Terbaru Update