Notification

×

Iklan

Iklan

राप्रपाको महाधिवेशन आगामी कात्तिकमा हुने

Saturday, July 3, 2021 | July 03, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार १९


फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको हो ।


तालिकाअनुसार वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिनेछ । यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ ।


प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिनेछ । बैठकले आउँदो महाधिवेशनलाई सफल बनाउन पार्टिमा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई आह्वानसमेत गरेको छ ।


कमल थापा, पशुपतिशमसेर राणा र प्रकाशचन्द लोहनीले नेतृत्वमा विभाजित बनेको राप्रपा पछिल्लो समय एकढिक्का भई महाधिवेशनमा जान लागेको हो ।


×
Berita Terbaru Update