Notification

×

Iklan

Iklan

थुनिएको गुर्जाखोला ‘ओभरफ्लो’ भएर बग्न थाल्यो

Saturday, July 24, 2021 | July 24, 2021 WIB Last Updated 2022-07-30T07:39:31Z

बेनी

साउन  १०




म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पहिरो खसेर थुनिएको गुर्जा खोला भरिएर बग्न थालेको छ । शुक्रबार खसेको पहिरोका कारण थुनिएको उक्त खोला शनिबार राति अबेरबाट भरिएर बग्न थालेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।


गुर्जा र चुरेन हिमालको काखबाट बग्ने गुर्जा खोलामाथिको खास्टा भन्ने ठाउँको पहाडमा पहिरो जाँदा शुक्रबार साँझदेखि खोला थुनिएको थियो ।


म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले भने, “पहिरो खसेर तलाउ परेको ठाउँ भरिएर खोला बग्न शुरु गरेको खबर छ । थप जोखिमको अवस्था बुझ्न हाम्रो टोली आज बिहानै त्यता लागिसकेको छ ।”


जिल्ला सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला थुनिएपछि प्रहरीले शनिबार एक विज्ञप्ति निकालेर जिल्लाको तल्लो तटीय क्षेत्रका नागरिक र बस्तीहरुलाई सचेत र सतर्क रहन अनुरोध गरेको थियो ।



×
Berita Terbaru Update