Notification

×

Iklan

Iklan

कक्षा १२ को परीक्षा साउन ३१ देखि हुने

Tuesday, July 20, 2021 | July 20, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

साउन ५




राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ ।


बोर्डको आज बसेको बैठकले विद्यार्थीलाई आफुले पढेको विद्यालय (होम सेन्टर) मै परीक्षाको व्यवस्था गर्ने निर्णयसमेत गरेको बोर्डका परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।


पन्तका अनुसार यस वर्ष कक्षा १२ मा परीक्षा दिने विद्यार्थीको संख्या तीन लाख ८६ हजार रहेको छ ।


यसअघि गत जेठ २६ गतेदेखि तय भएको १२ कक्षाको परीक्षा कोरोना भाइरसको दोस्रो लहरको तीव्र वृद्धिका कारण स्थगित भएको थियो ।


परीक्षा १०० पूर्णाङ्कको हुने जानकारी दिँदै उपनियन्त्रक पन्तले विद्यार्थीलाई सोहीअनुसार तयारी गर्न अनुरोधसमेत गरेका छन् । कोरोना संक्रमणका कारण नयाँ कार्यविधि बनाएरै बोर्डले गत वर्ष ४० पूर्णाङ्कको परीक्षा लिने व्यवस्था गरे पनि यसपटक १०० पूर्णाङ्ककै परीक्षा लिन लागेको हो ।

×
Berita Terbaru Update