Notification

×

Iklan

Iklan

स्वास्थ्य मन्त्रालय भन्छः तेस्रो लहर आउनसक्छ, अक्सिजन सिलिन्डर खोज्नू

Monday, July 26, 2021 | July 26, 2021 WIB Last Updated 2021-12-30T03:22:47Z

बेनी

साउन १२

कोरोना भाइरसजन्य महामारी (कोभिड–१९) को तेस्रो लहर आउनसक्ने बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य मन्त्रालयलाई अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको छ । सोमबार सातै प्रदेशका स्वास्थ्य तथा जनसंख्या र सामाजिक विकास मन्त्रालयलाई परिपत्र गर्दै स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले यस्तो निर्देशन दिएको हो । 


महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि पठाएको पत्रमा कोरोनाभाइरसको तेस्रो लहर आउनसक्ने उल्लेख गरिएको छ ।


पत्रमा भनिएको छ, “जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाको बावजूद कोभिड–१९ को संक्रमण दरमा कमी आएको देखिँदैन । विगतका दिनहरूमा जस्तै संक्रमणको दर तीव्र रूपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन ।”


त्यसका लागि अहिले नै अक्सिजन सिलिन्डर व्यवस्था गर्न मन्त्रालयले सचेत गराएको हो । पत्रमा भनिएको छ, “भविष्यमा आउनसक्ने सम्भावित चुनौतीलाई सामना गर्न त्यहाँ कम्तीमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशनानुसार जानकारी गराइन्छ ।”


यससँगै अक्सिजन सिलिन्डर खाली अवस्थामा नराख्न पनि जानकारी गराइएको छ । “मौजुदा सिलिन्डरहरू पनि खाली नराख्नुहुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेटर चालू र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ ।”


सरकारले बन्दाबन्दी खुकुलो गरेपछि छोटो तथा लामो दुरीका सवारी साधन सञ्चालन हुन थालेको छ भने आमनागरिकले पनि स्वास्थ्य मापदण्डको पालनामा लापरवाही गर्न थालेको देखिएको छ । यही कारण देखाउँदै जनस्वास्थ्यका विज्ञहरुले नेपालमा असोज महिनाको पहिलो सातातिर कोभिड १९ को तेस्रो लहर आउने चिन्ता व्यक्त गरेका छन ।


×
Berita Terbaru Update