Notification

×

Iklan

Iklan

रूप्सेमा फेरि बाढीकाे वितण्डा

Wednesday, September 16, 2020 | September 16, 2020 WIB Last Updated 2021-12-30T03:26:36Z

३१ भदौ २०७७

रूप्से खाेलामा अाएकाे बाढीले दाेस्राेपटक क्षति पुर्‍याएकाे छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा दानामा अवस्थित रूप्से खाेलामा अाएकाेकाे बाढीका कारण पहिराेले सडक बगाउँदा बेनी-जाेमसाेम सडक अवरुद्घ भएको छ । उक्त सडकको दाना खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले रूप्से खाेला किनारको करिव दुई सय मिटर सडकमा बाढीबाट क्षति पुगेकाे छ । सडक भत्किएको ठाउँमा गहिरो खाेंच बनेकाले कम्तीमा एकसाता सडक सञ्चालनमा कठिनाइ हुने शेरचनको भनाइ छ ।


गत साउन ५ गते रूप्सेमा अाएकाे बाढीले एक रेष्टुरेन्ट, बस, एक्साभेटर बगाउनुका साथै निर्माणाधीन तथा पुरानो माेटरेबल पुल भत्काएको थियो ।

स्वदेश र विदेशमा समेत म्याग्दीलाई चिनाउने महत्त्वपूर्ण प्राकृतिक सम्पदाको रूपमा रहेकाे रूप्सेकाे सदावहार साैन्दर्यलाई पनि बाढीले क्षति पुर्‍याएकाे छ ।


×
Berita Terbaru Update