Notification

×

Iklan

Iklan

थप १५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि

Tuesday, September 29, 2020 | September 29, 2020 WIB Last Updated 2021-12-30T03:26:26Z

 बेनी 

असोज १३


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना परीक्षणबाट उक्त पुष्टि भएको हो । संक्रमितमध्ये ५५६ महिला र ९५७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।



पछिल्लोपटक संक्रमण पुष्टि भएकामध्ये काठमाडौं जिल्लामा मात्र ७४७ जना छन् । यसमध्ये ३०७ महिला र ४४० पुरुष रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।


योसँगै नेपालमा ७६ हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल संक्रमण पुष्टि भएकामध्ये २० हजार ३९६ जना संक्रमित आइसोलेसनमा छन् । जसमध्ये १० हजार ७०७ होम आइसोलेसन र ९ हजार ६८९ संस्थागत आइसोलेसनमा रहेका छन् ।


यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ३१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।


×
Berita Terbaru Update