Notification

×

Iklan

Iklan

महामारीबाट जाेगिन प्रशासनको नयाँ मापदण्ड

Friday, September 18, 2020 | September 18, 2020 WIB Last Updated 2021-12-30T03:26:34Z

२ असाेज २०७७
काेराेना भाइरसकाे सङ्क्रमणकाे जाेखिमलाई दृष्टिगत गर्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) म्याग्दीले नयाँ सूचना जारी गरेको  छ । 

सिसिएमसीका संयाेजक एवं प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले छाेटाे, मध्यम र लामाे दुरीमा जिल्लाभित्र र अन्तर जिल्लास्तरमा  सञ्चालन हुने सार्वजनिक ससवारीसाधन म सवार यात्रू, यातायात व्यवसायी, हाेल्डिङ सेन्टर र स्थानीय तहमार्फत् शुक्रबारदेखि नै लागू हुने नयाँ मापदण्ड जारी गरेका हुन् ।

नाैअाेटा बुँदामा समेटिएको साे सरकारी संयन्त्रबाट मात्रै काेराेना नियन्त्रण सम्भव नहुने भन्दै अामनागरिक अाफै सचेत भई महामारी राेमथाममा सहयाेगी बन्न अाग्रह गरिएको छ । अहिले म्याग्दी एक जना पनि सक्रिय काेराेना सङ्क्रमित नरहेकाे अवस्था उल्लेख गर्दै साे सूचनामा अागामी दिनमा पनि नागरिक स्तरबाट साेही अनुसारको सहयाेग प्राप्त हुने अपेक्षा गरिएको छ ।


×
Berita Terbaru Update