५ असोज २०७७
विख्यात पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे काठमाडौंको जोरपाटीस्थित आफ्नो छोरीको घरमा शेर्पाको निधन भएको हो । नेपालमा उनी ‘हिउँ चितुवा’ उपनामले परिचित थिए ।
शेर्पाले १० पटकसम्म अक्सिजन विना नै सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए । पारिवारिक स्रोतका अनुसार उनी कलेजो र मस्तिष्कसम्बन्धी समस्याबाट पीडित थिए ।
धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।