Notification

×

Iklan

Iklan

एसिड छ्याप्नेविरुद्ध कडा कानुन बन्दै

Thursday, September 24, 2020 | September 24, 2020 WIB Last Updated 2021-12-30T03:26:28Z

 बेनी

असोज ९



एसिड आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी सरकारले अध्यादेशमार्फत कडा कानुन ल्याउने तयारी गरेको छ । एसिड (तेजाब)आक्रमणमा परेकाहरुसँग भदौ २५ भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको हो ।


नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ । आक्रमणबाट मुख्य अङ्गहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अङ्गमा घाउचोट लागे १५ वर्षको कैद सजाय तोकिएको छ ।


एसिड आक्रमणमा शरीरको कुनै पनि भाग एसिडले छोएमा न्यूनतम दश वर्षको सजाय तोकिएको छ भने एसिड आक्रमण गर्नेहरुलाई धरौटीमा रिहा या आममाफी लागू नहुने समेत अध्यादेशमा उल्लेख छ।


नयाँ कानुनमा तेजाबको बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने व्यवस्था हुनेछ । यसअनुसार एसिड सिल गरिएको बोतलमा मात्र बेच्न पाइने र खुला रुपमा बिक्री वितरण पूर्ण बन्देज गर्ने उल्लेख छ । उत्पादकले एसिडको बोतल हाल बजारमा पाइने अन्य खाद्यवस्तुको बोतलको बनावट र रङसँग मिल्ने गरी बनाउन नपाइने पनि अध्यादेशको मस्यौदामा उल्लेख छ । 

बोतलमा उत्पादकको नाम र त्यसको मात्रा उल्लेख गर्नुपर्नेछ भने बिक्रेताले प्रमुख जिल्ला अधिकारीसँग एसिड बिक्री वितरणको लाइसेन्स लिनुपर्ने र हरेक वर्ष नविकरण गर्नु पर्नेछ ।

एसिड आक्रमणमा परेकाहरुको वीर, पाटन, शिक्षण र कीर्तिपुर अस्पतालमा आजीवन निःशुल्क उपचार हुनेछ भने पीडितलाई निजी या सरकारी संस्थामा योग्यता अनुसारको रोजगारी दिइने उल्लेख छ । 


×
Berita Terbaru Update