Notification

×

Iklan

Iklan

आफन्तको स्मृतिमा जनविकासमा अक्षयकोष स्थापना

Saturday, September 26, 2020 | September 26, 2020 WIB Last Updated 2021-12-30T03:26:27Z

 बेनी 

असोज १०


धवलागिरी गाउँपालिका–६ मराङको एक विद्यालयमा १ लाख ७५ हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ । स्थानीय जनविकास आधारभूत विद्यालयमा शनिबार आयोजित एक कार्यक्रमबीच स्थानीय तीन जना व्यक्तिबाट उक्त अक्षयकोष स्थापना गरिएको हो ।



यसरी अक्षयकोष स्थापना गर्नेमा स्थानीय नाखे गुरुङ, धनबहादुर जुग्जाली र भीमप्रसाद जुग्जाली रहेको विद्यालयले जानकारी दिएको छ । नाखे गुरुङले आफ्नी श्रीमती लालमती गुरुङको स्मृतिमा एकलाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । 


त्यसैगरी गत असार २५ गते रातिको पहिरोमा परी ज्यान गुमाएकी श्रीमती र दुईओटा छोरीको स्मृतिमा धनबहादुर जुग्जालीले ५० हजार रुपैयाँको ‘हिमादेवी, करिश्मा, कन्चनस्मृति अक्षयकोष’ स्थापना गरेका छन् । भने असार २५ गतेकै पहिरोमा परी देहान्त भएका आफ्नी श्रीमती गौसरा जुग्जाली, बुहारी दिमा जुग्जाली, नातिनी दीप्ति र दिवन जुग्जालीको स्मृतिमा २५ हजार रुपैयाँ राशिको ‘गौसरा स्मृति अक्षयकोष स्थापना गरेका छन् ।



जनविकास आधाराभूत विद्यालयको प्राङ्गणमा शनिबार आयोजित एक कार्यक्रममा अक्षयकोष स्थापना गर्ने तीनै जना दाताहरुले विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङलाई नगद रकम हस्तान्तरण गरेका थिए । 



अक्षयकोषबाट प्राप्त रकमले अतिरिक्त क्रियाकलापममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार तथा गरिव एवं जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ । 

यसैबीच विद्यालयका भूतपूर्व व्यवस्थापन समितिका अध्यक्ष शान्तप्रसाद पुनलाई सम्मानसहित विदाइ गरिएको थियो।


×
Berita Terbaru Update