Notification

×

Iklan

Iklan

कोरोना भाइरसः थप १३२५ जनामा संक्रमण

Sunday, September 20, 2020 | September 20, 2020 WIB Last Updated 2021-12-30T03:26:32Z



४ असोज २०७७

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार ३ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको ९ हजार ५८४ नमुना परीक्षणमध्येबाट ४६९ महिला र ८५६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

यसमध्ये हालसम्म ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ९६६ जना सङ्क्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७६७ जना सङ्क्रमित थपिएका छन् । यस्तै रुपन्देहीका ११३ जना, मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८÷१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२÷१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०÷१० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६र६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३÷३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २÷२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १÷१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


×
Berita Terbaru Update