Notification

×

Iklan

Iklan

विज्ञान प्रविधिमार्फत् विकास गर्न सकिन्छ : प्रम अाेली

Thursday, September 17, 2020 | September 17, 2020 WIB Last Updated 2021-12-30T03:26:36Z


प्रधानमन्त्री केपी शर्मा अाेली
१ असाेज, २०७७

प्रधानमन्त्री केपी शर्मा अाेलीले विज्ञान प्रविधिको उपयाेगबाट देशले काँचुली फेर्न सक्ने बताएका छन् । अाठाैं राष्ट्रिय विज्ञान दिवसकाे उपलक्ष्यमा बिहीबार एक भर्चुअल कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । "अाजकाे युग भनेको विज्ञान र प्रविधिको युग हाे । हामी पनि यसकाे दाैडमा सामेल हुन चाहन्छाैं । विभिन्न कारणले पछि परेको भए पनि अब पछि पर्ने काम छैन ।"
नेपाल ज्ञानभूमि भएको प्रसङ्ग काेट्याउँद प्रधानमन्त्रीले नेपाल अब अप्ठ्यारो परिस्थिति पार गरेर समृद्धिकाे दिशातिर अघि बढेको धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख वक्ताकाे रूपमा बाेल्दै विन्दनाथ लाेहनीले विज्ञान प्रविधिको क्षेत्रमा भएको तीव्र रफ्तारलाई नेपालले पनि पक्रिनु पर्ने र यसका लागि सरकारकाे याेजना र प्रयासले महत्त्वपूर्ण अर्थात राख्ने धारणा प्रस्तुत गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले स्वागत गरेको कार्यक्रममा मन्त्री गिरिराजमणि पाेख्रेल, पूवमन्त्री गणेश शाह लगायतले सम्बाेधन गरेका थिए ।
"स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान" भन्ने मूल नाराका साथ नेपालमा साताव्यापी राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ ।
विज्ञान र प्रविधिको उपयोगमार्फत जनचेतना फैलाउने र नवप्रवर्तनमा सहयोग पुर्याउने उद्देश्यले २०६९ मंसिर ८ मा निर्णय गरि सरकारले हरेक वर्ष असाेज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय गरेको थियोे ।
×
Berita Terbaru Update