Notification

×

Iklan

Iklan

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा छठपछि

Wednesday, September 23, 2020 | September 23, 2020 WIB Last Updated 2021-12-30T03:26:29Z


बेनी

७ असोज



त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालनको तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।


विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिएको त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् । दशैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गरी छठलगत्तै सबै परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिएको कार्यालयले बताएको छ । विद्यार्थी थोरै भएका परीक्षा भने दशैं र तिहारको बीचमा गर्नेसक्ने पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


“अहिलेको जस्तै अवस्था रहे हामी छठपछि परीक्षा लिने तयारीमा छौं”, परीक्षा नियन्त्रक जोशीले भने, “तर, अहिलेको साहैं जटिल अवस्था नभए छठपछि सबै परीक्षा हुन्छन् ।” 


त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्ने बताइएको छ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिने छन् । त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालनको तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।


दाहालले माघसम्म सबै परीक्षा सकाएर आगामी फागुन÷चैतदेखि पढाइ सञ्चालन गर्ने तयारी रहेको पनि जनाए । कोभिड–१९ का कारणले त्रिविका चैतदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित भएका छन् । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ।


×
Berita Terbaru Update