Notification

×

Iklan

Iklan

थप ११ सय ७२ जनामा कोरोना सङ्क्रमण

Wednesday, September 23, 2020 | September 23, 2020 WIB Last Updated 2021-12-30T03:26:29Z



७ असोज


नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो संक्रमणको पुष्टि भएको जानकारी दिएका हुन् । नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको गौतमले बताए ।


गौतमका अनुसार २४ घन्टामा जम्मा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा १८ सय ९३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ९४ पुगेको छ । 


अमेरिकामा मात्रै दुई लाखको मृत्यु

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार कोभिड–१९ का कारण अमेरिकामा अहिलेसम्म दुई लाख सात सयको ज्यान गएको हो । संक्रमितको संख्या पनि अमेरिकामा ६८ लाख ९० भन्दा बढी पुगेको छ ।



राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मार्चमा ज्यान गुमाउनेको संख्या एक लाखदेखि दुई लाखसम्म रहेमा आफ्नो प्रशासनले राम्रो काम गरेको हुने बताएका थिए । गएको जनवरीमा संक्रमणको पहिलो केस पुष्टि भएयताको ९ महिनाभित्र अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित हुने देश बनेको छ भने संक्रमण पनि बढिरहेको छ  ।


यसैबीच विश्वभर संक्रमितको संख्या तीन करोड १८ लाख २५ हजार भन्दा बढी पुगेको छ भने अहिलेसम्म विश्वभर ९ लाख ७६ हजार १ सय ५७ को ज्यान गएको छ ।


×
Berita Terbaru Update