Notification

×

Iklan

Iklan

म्याग्दीमा थप एक जनामा काेेराेना सङ्क्रमण

Wednesday, September 23, 2020 | September 23, 2020 WIB Last Updated 2021-12-30T03:26:30Z




७ असाेज २०७७

म्याग्दीका थप एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणकाे नतिजा अनुसार बेनी नगरपालिका-३ भकिम्लीका ३० वर्षीय युवालाई सङ्क्रमण पुष्टि भएको हाे।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार सङ्क्रमित व्यक्ति हालैमात्र भारतबाट फर्किएर बेनीको क्वारेन्टाइनमा बसेका थिए ।



काेराेना प्रभावित जिल्ला, फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा क्वारेन्टाइनमा बसेका ३० व्यक्तिको यही असाेज १ गत स्वाब सङ्कलन गरि परीक्षणकाे लागि पाेखरास्थित प्रदेश सरकारको प्रयाेगशाला पुर्‍याइएकाेमा १ जनाको मात्रै सङ्क्रमण पुष्टि भएको लम्सालले जानकारी दिएका छन् ।

यो सँगै म्याग्दीमा सङ्क्रमित हुने कुल सङ्ख्या ५० पुगेको छ । ४९ जना संक्रमितहरू यसअघि नै निकाे भएर घर गैसकेका छन् । केही दिनयता सदरमुकाम बेनीस्थित अाइसाेलेसन केन्द्र खाली भएकोमा बुधबार एउटा नयाँ केस थपिएकाे छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायस्तरमा कोरोना संक्रमण फैलिए पनि म्याग्दीमा भने उच्च सतर्कता अपनाइएकाले अझसम्म समुदायस्तरमा संक्रमण फैलिएकाे छैन ।

×
Berita Terbaru Update