Notification

×

Iklan

Iklan

बाढीपहिरो प्रकोपः गण्डकीमा १ सय २६ को मृत्यु

Wednesday, September 23, 2020 | September 23, 2020 WIB Last Updated 2021-12-30T03:26:29Z

७ असोज २०७७


 

फाइल तस्बिर

विभिन्न जिल्लामा आएको बाढी र पहिरोका कारण यस वर्ष गण्डकी प्रदेशमा १ सय २६ जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले बुधबार उक्त जानकारी गराएका हुन् । मन्त्रालयको पछिल्लो धारणा राख्दै मन्त्री चुमानले यस वर्ष म्याग्दी र बागलुङ जिल्लामा बढी क्षति भएको पनि बताएका छन् ।


मन्त्रीले दिएको जानकारी अनुसार बागलुङमा ५२, म्याग्दीमा २९, तनहुँमा १३, पर्वतमा ९, कास्कीमा १० स्याङ्जामा ५ जनासहित बाढीपहिरो र चट्याङका कारण हालसम्म १ सय २६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी म्याग्दीको मराङमा गएको पहिरोमा परी ४ जना बेपत्ता भएको पनि मन्त्री चुमानले जानकारी दिए ।


म्याग्दी, बागलुङ, तनहुँ लगायत जिल्लामा भएको घरको क्षतिको विवरण भने सङ्कलन भइरहेको उनले बताए । उनले भने, ‘बागलुङमा १ सय ९७ घर र म्याग्दीमा २ सय २२ घर पूर्णरुपमा क्षति भएको विवरण आए पनि ती विवरण कति सही छन् भनेर पुष्टि हुन सकेको छैन । सही विवरण फेरि मागेका छौं।’


गण्डकी प्रदेश सरकारले प्रतिमृतक ५० हजार रुपैयाँका दरले पीडित परिवारलाई प्रदान गर्ने नियम बनाएको छ । धेरैजसोलाई उक्त रकम प्रदान गरिए पनि म्याग्दीका कतिपय पीडितलाई दिन बाँकी रहेको उनले सुनाए । उनले भने, “म्याग्दीमै घर परिवारमा पुगेर प्रदेश सरकारबाट दिने राहत दिन पाइएको छैन । कतिपय बाहिर हुनुहुन्छ, कोही उपचाररत रहेकाले बुझाउन नपाएको हो । जिल्ला प्रशासनसँग समन्वय गरेर हामी उपलब्ध गराउनेछौं ।”


 प्रदेश सरकारले विपत् व्यवस्थापन नियमावली पारित गरेर राजपत्रमा प्रकाशन गरिसकेको भन्दै उनले त्यसैका आधारमा राहत र क्षतिपूर्ति प्रदान गर्दै आएको बताए । नियमावलीमा पीडितलाई तत्काल राहतका लागि १५ हजार रुपैयाँ र स्थायी घर बनाउन नसक्नेका लागि पहिलो चरणमा २५ हजार रुपैयाँ दिने प्रावधान छ ।


घर पूर्ण क्षति भएका र घर बनाउने जग्गा भएका पीडितलाई संघ सरकारले १ लाख दिने र त्यसमा प्रदेशले पनि १ लाख रुपैयाँ थपिदिने भएको छ । घर क्षति भएका र जग्गा नभएकालाई स्थानीय तहले जग्गा उपलब्ध गराएपछि संघ सरकारले ३ लाख र त्यसमा नपुगेको रकम प्रदेश सरकारले दिने गरी 

×
Berita Terbaru Update