असाेज २ २०७७
नेपाल सरकार स्वामित्वको नयाँ रेल जनकपुर अाइपुगेकाे छ । तत्कालका लागि जनकपुर-जयनगर रूटमा सञ्चालन गर्ने गरि भारतमा निर्माण गरिएको नयाँ रेल शुक्रबार जनकपुर अाएकाे हाे । नयाँ रेल निर्माणका लागि नेपाल सरकारले भारतीय निर्माण कम्पनीलाई झण्डै ८५ कराेड रूपैयाँ तिरिसकेकाे छ ।
नयाँ रेल हेर्नका लागि स्थानीय नागरिककाे भीड यति ठूलो थियो कि रेल आउँदा लिकमा जम्मा भएकाहरुलाई हटाउन प्रहरीलाई हम्मेहम्मे पर्यो ।
नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार सरकारले सन् २०१९ काे मे मा भारतीय कम्पनी काेङ्कण रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी (सरकार टू सरकार)मार्फत रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार १६०० एचपी डेमु माेडेलका दुईवटा रेल नेपाल आइपुगेका हुन् । रेलको अगाडि र पछाडि दुईवटा इन्जिन छन् । एउटा रेलमा ५ वटा डिब्बा छन् । एउटा ड्राइभिङ्ग पावर कार, एउटा ड्राइभिङ्ग ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छ ।
एउटा ट्रेन सेटले एकपटकमा करीब १३ सय यात्रु बोक्छ भने प्रतिघण्टा ११० किलोमिटर कुद्ने विभागले जनाएको छ ।
यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिबाससम्म सञ्चालन गर्न किनिएको हो । तर, हाल जनकपुरदेखि जयनगरसम्म मात्र लिक निर्माण भएको छ ।
