Notification

×

Iklan

Iklan

काेराेना महामारी : हालसम्मको बढी २०२० जना सङ्क्रमित

Friday, September 18, 2020 | September 18, 2020 WIB Last Updated 2021-12-30T03:26:34Z

२ असोज  २०७७

पछिल्लो २४ घण्टामा नेपालमा २०२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा भएको याे अहिलेसम्मकै धेरै सङ्क्रमण संख्या हाे । संक्रमणकै कारण ८ जनाको मृत्यु समेत भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ४५८ नमुना परीक्षण गरिएकोमा ६३९ महिला र १३८२ पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै काठमाडौंका ६९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनका १९१, मोरङका ११८, सुर्खेतका ११७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट प्राप्त जानकारी अनुसार शुक्रबारसम्म नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये ३९० जनाको मृत्यु भएको छ भने ४३ हजार ८२० जना संक्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ८७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

×
Berita Terbaru Update