Notification

×

Iklan

Iklan

बानियाँको उपलब्धिले धौलागिरीकै शिर उँचो भएको छः शर्मा

Monday, September 21, 2020 | September 21, 2020 WIB Last Updated 2021-12-30T03:26:31Z


५ असोज २०७७

म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माले चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ले मदन पुरस्कार प्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् । सोमबार


कालञ्जर
अनलाइनसँगको कुराकानीका क्रममा बोल्दै शर्माले बानियाँको उपलब्धिले म्याग्दीबासीको मात्रै नभई धौलागिरी क्षेत्रकै शिर उँचो बनाएको विचार व्यक्त गरे । 

आफुहरु सानै उमेरदेखि परिचित रहेको र पेशागत जीवनमा पनि सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै शर्माले भने, ‘चन्द्रप्रकाशजीसँग हिजोका दिनमा सहकार्य भएको थियो भन्ने सुनाउन पाउँदा म निकै खुशी छु ।’ म्याग्दीको शैक्षिक, राजनीतिक र साहित्यिक आन्दोलनहरुमा दुबै जना सँगसँगैजसो अघि बढेको बताउँदै शर्माले बानियाँको उपलब्धि आमम्याग्दीबासीका लागि प्रेरणाको विषय बनेको बताए । 

तत्कालीन पर्वत राज्यभित्रको राजनीतिक दाउपेचको घटनालाई आधार बनाएर बानियाँले ‘महारानी’ उपन्यास लेखेका थिए । 

शर्मासँगको कुराकानी केही समयपछि प्रकाशन गरिनेछ ।


×
Berita Terbaru Update