बेनी
असोज १०
नेपाल चेम्बर अफ कमर्स म्याग्दीको अध्यक्षमा भरतबहादुर रकाल चयन भएका छन् । शनिवार बेनीमा सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनबाट रकाल इन्टरप्राजेज प्रालिका सञ्चालक समेत रहेका रकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिकोे वरिष्ठ उपाध्यक्षमा यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा र गङ्गा केसी, महासचिवमा सम्झना अधिकारी, कोषाध्यक्षमा कुलबहादुर बोहोरा, सचिवमा प्रविन सापकोटा र सह–कोषाध्यक्षमा कुशल पौडेल लगायत २७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्स गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य यदुनाथ अधिकारीले चेम्बरले व्यवसायीको हितका लागि काम गर्दै आएको विचार राखेका थिए । बन्दाबन्दीका कारण व्यवासायीहरु पलायन हुने अवस्था सिर्जना भए पनि सरकारले व्यवसायीको लागि कुनै काम नगरेको उनको भनाइ थियो ।
कार्यक्रममा व्यवासायी धनबहादुर छन्त्याल, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल, चेम्बरका पोखराका कोषाध्यक्ष कमल बस्नेत, महासचिव राजु श्रेष्ठ, अर्जुन शर्माले बोलेका थिए ।
