Notification

×

Iklan

Iklan

म्याग्दीमा तीन दिनसम्म संविधान दिवस मनाइने

Wednesday, September 16, 2020 | September 16, 2020 WIB Last Updated 2021-12-30T03:26:37Z

३१ भदौ २०७७

म्याग्दीमा संविधान दिवस मनाइने भएको छ । संविधान दिवस मूल समारोह समिति, म्याग्दीको बुधबार जिल्ला समन्वय समितिमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।
जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मी, गण्डकी प्रदेश प्रदेश सभा सदस्य विनाेद केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूकाे बैठकमा सहभागिता रहेको थियोे ।
जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले काेभिड-१९ काे महामारीका कारण यसपटकको संविधान दिवस अघिल्ला वर्षको जसरी मनाउन नसकिने जानकारी दिए । उनका अनुसार बैठकले मुख्य तीनवटा निर्णय गरेको छ
१. क, सबै सरकारी कार्यालय, स्थानीय तह र मातहतका कार्यालयहरूमा राष्ट्रिय झन्डा फहराउने
१ ख, असाेज २,३ र ४ गतेकाे साँझ सर्वसाधारणकाे घरघरमा दिप प्रज्ज्पलन गर्ने
-२. नेपाल पत्रकार महासंघमार्फत् स्थानीय सञ्चारमाध्यमबाट संविधानसँग सम्बन्धित सामग्री प्रचार प्रसार गर्न अनुराेध गर्ने
३. मन्दिर, मस्जिद, गुम्बा अादिमा ज्ञात अज्ञात शहीदप्रति सम्मान प्रकट गर्दै दैनिक कार्य शुरू गर्न अनुराेध गर्ने
बैठकमा गृह मन्त्रालयकाे निर्देशनबारे जानकारी गराउँदै म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले काेराेना महामारीको कारण यसपटक जमघट हुने प्रकृतिको कुनै क्रियाकलाप नगर्न मन्त्रालय बाट निर्देशन प्राप्त भएको जानकारी गराएका थिए ।
जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघ लगायतका सामाजिक तथा शैक्षिक क्षेत्रीका प्रमुख र प्रतिनिधिहरूकाे सहभागिता रहेको थियो ।

×
Berita Terbaru Update