३१ भदौ २०७७
म्याग्दीमा संविधान दिवस मनाइने भएको छ । संविधान दिवस मूल समारोह समिति, म्याग्दीको बुधबार जिल्ला समन्वय समितिमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।
जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मी, गण्डकी प्रदेश प्रदेश सभा सदस्य विनाेद केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूकाे बैठकमा सहभागिता रहेको थियोे ।१. क, सबै सरकारी कार्यालय, स्थानीय तह र मातहतका कार्यालयहरूमा राष्ट्रिय झन्डा फहराउने
१ ख, असाेज २,३ र ४ गतेकाे साँझ सर्वसाधारणकाे घरघरमा दिप प्रज्ज्पलन गर्ने
-२. नेपाल पत्रकार महासंघमार्फत् स्थानीय सञ्चारमाध्यमबाट संविधानसँग सम्बन्धित सामग्री प्रचार प्रसार गर्न अनुराेध गर्ने
३. मन्दिर, मस्जिद, गुम्बा अादिमा ज्ञात अज्ञात शहीदप्रति सम्मान प्रकट गर्दै दैनिक कार्य शुरू गर्न अनुराेध गर्ने
बैठकमा गृह मन्त्रालयकाे निर्देशनबारे जानकारी गराउँदै म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले काेराेना महामारीको कारण यसपटक जमघट हुने प्रकृतिको कुनै क्रियाकलाप नगर्न मन्त्रालय बाट निर्देशन प्राप्त भएको जानकारी गराएका थिए ।
