Notification

×

Iklan

Iklan

युवा वैज्ञानिकका लागि "नयन"

Wednesday, September 16, 2020 | September 16, 2020 WIB Last Updated 2021-12-30T03:26:37Z


भदौ ३१, २०७७

नयाँ पुस्ताका वैज्ञानिक र युवाहरूलाई लक्षित गरि नेशनल योङ एकेडेमी नेपाल "नयन" संस्था गठन गरिएको छ ।
वसन्त गिरीको अध्यक्षमा गठित ७ सदस्सीय तदर्थ समितिका सदस्यहरुमा बालकुमारी ओलिय, विशेष खनाल, सागर रेग्मी, स्मृती पन्त, डा. सुरज भट्टराई र उत्तमबाबु श्रेष्ठ रहेका छन् । तदर्थ समितिमा एकजना चिकित्सक र अन्य सबैले विद्यावारिधि गरेका छन् ।
नव गठित एकेडेमीका तदर्थ समिति अध्यक्ष गिरीले भने,"नेपालमा विज्ञानको क्षेत्रमा नाष्ट छ, कला,भाषा साहित्यको क्षेत्रमा प्रज्ञा प्रतिष्ठान छ तर यी संस्थाहरुले नयाँ पुस्ता र युवा वैज्ञानिकहरुको भावना समेट्न सकेका छैनन् । भएर हामीले युवा वैज्ञानिक एकेडेमीको आवश्यकता महसुस गरेका हौं ।"
एकेडेमीको मुख्य उद्देश्य अनुसार संस्थाले युवा वैज्ञानिकहरुको आवाजलाई अगाडी ल्याउने, प्राविधिक पक्षमा सघाउ गर्ने, नेपालको सन्दर्भमा उठ्ने विभिन्न विषयहरुमा प्राज्ञिक रुपमा धारणा दिने लगायतका कामहरु गर्ने गिरीले बताए । एकेडेमीमा जुनसुकै शैक्षिक विधाका अनुसन्धानकर्ताहरुले पनि सदस्यता लिन पाउने छन् ।
यसैबीच, नवगठित एकेडेमीले नेपाली युवा अध्येताहरुको अवस्थाकाे बारेमा बुझ्न राष्ट्रियस्तरको सर्वेक्षण आइतबारदेखि सुरु गरेको छ । सर्वेक्षणपछि नेपालका युवा अध्येताहरुको वास्तविक अवस्था थाहा हुने अपेक्षा गरिएको छ ।
नवगठित तदर्थ समितिमा विदेशबाट फर्किएका नेपाली अनुसन्धानकर्ताहरु धेरै देखिए पनि एकेडेमीमा विज्ञान र गैर विज्ञानका विद्यार्थीहरुलाई पनि समेटिने अध्यक्ष गिरीले बताए ।
×
Berita Terbaru Update