Notification

×

Iklan

Iklan

थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

Sunday, October 4, 2020 | October 04, 2020 WIB Last Updated 2021-12-30T03:26:24Z

 बेनी

असोज १८


नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७८४ नमुना परीक्षण गरिएकोमा ८३० महिला र १४२३ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३२९ जनाले संक्रमण जितेर घर फर्किएका छन् । नेपालमा हालसम्म ६४ हजार ०६९ जना संक्रमणमुक्त भएका छन् । 

अहिले देशभर २२ हजार २१९ जना संक्रिय संक्रमित रहेका छन् भने ११ हजार ८९३ जना होम आइसोलेसन र १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् । सकृय संक्रमितमध्ये २२६ जनाको सघन उपचार कक्ष (आईसीयू) र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये १५९९ जना काठमाडौं उपत्यका भित्रका छन् । त्यसमध्ये काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।


×
Berita Terbaru Update