Notification

×

Iklan

Iklan

सरकारको अनुरोधः जहाँ छौँ त्यहीँ बसेर दशैं मनाऔं

Sunday, October 4, 2020 | October 04, 2020 WIB Last Updated 2021-12-30T03:26:24Z

बेनी

असोज १८



कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै सरकारले यस वर्षको बडादशैँ आफू बसिरहेकै ठाउँमा मनाउन आग्रह गरेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त आग्रह गरेका हुन् ।

फाइल तस्विर


“दशैं अर्को वर्ष पनि आउँछ,” आइतबार प्रवक्ता गौतमले भने, “यस पटकको दशैं हामी जहाँ छौं, त्यहीँ सुरक्षित बसेर मनाऔँ ।” दशैं अर्को वर्ष पनि आउने भएकाले कोरोना संक्रमण बढिरहेका बेला दशैंलक्षित अनावश्यक यात्रा नगर्न पनि सर्वसाधारणलाई मन्त्रालयले आग्रह गरेको छ ।


दशैं नजिकिँदै जाँदा काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्ने र यसले महामारीको जोखिमलाई बढाउने देखिएपछि सरकारले यस्तो अपील गरेको छ । पछिल्लो साता नेपालभर कोरोना भाइरसको संक्रमण दर बढिरहेको र त्यसमा पनि काठमाडौं उपत्यकामा संक्रमण दर अतिउच्च रहेको पाइएको छ।


मन्त्रालयले अत्यन्त जरुरी नभई घरबाहिर ननिस्कन भन्दै जनस्वास्थ्यको मापदण्ड उल्लङ्घन गर्नेलाई जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको प्रवक्ता गौतमले जानकारी दिए ।


×
Berita Terbaru Update